
प्रतिकित्ता ५२९ मै जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले भदौ २९ गतेसम्म आवेदन दिनु पर्नेछ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैया तोकिएको छ ।
लगानीकर्तार्ले न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।


