


सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, आइतबार तोलाको कति पुग्यो ?




काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार बजारमा सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आइतबारको बजारमा चाँदी २ हजार ५०० सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । शुक्रबार बजारमा २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।