दोहोरो अंकले नेप्से परिसूचक बढ्दा १० अर्बबढीको कारोबार
काठमाडौं । आज बिहीबार शेयर बजार एकाएक बढ्न पुगेको छ। हिजो र अस्ती सुस्ताता देखिएको बजारमा पुन हरियाली छाएको हो । शेयर बजार १४ अंकले बढ्न पुगेको छ ।
बजार बढेर २७४८ दशमलव ७८ बिन्दुमा पुग्दा १ सय ५९ कम्पनीको शेयर मूल्य बढेको देखिन्छ । त्यस्तै ७९ कम्पनीको शेयर मूल्यमा घटेको छ । यता ६ वटा कम्पनीहरुको शेयर मूल्य स्थिर रहेका छन् ।
हिजो ७ अर्ब ९१ करोड बढीको कारोबार भएको बजारमा आज १० अर्बभन्दा बढीको कारोबार भएको हो। नेप्से परिसूचकका अनुसार ३ सय २१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर १ लाख १ हजार ५ सय ४५ पटक खरिद बिक्री भएका छन् ।
यता १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको सूचकमा देखिएको हो ।