
मल्टीपर्पस फाइनान्सको सीईओमा रजनीश कुमार सिंह दोहोरिए

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रजनीश कुमार सिंह नियुक्त भएका छन् । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


