
गोंगबुस्थितबाट करिब चार करोड नगद र २ किलो सुन समातियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको गोंगबु स्थित वीरेन्द्रबहादुर श्रेष्ठको घरबाट चार करोड रुपैयाँ भन्दा बढी नगद र करिब २ किलो सुन बरामद भएको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा आज गरेको विशेष अप्रेसनका क्रममा श्रेष्ठको घरबाट उक्त नगद रकम र सुन बरामद भएको हो । यो रकम बढन सक्ने काठमाडौं जिल्ला प्रहरी परिसरका एक प्रहरीले बताए ।
‘परिसर र प्रहरी प्रभाग बसपार्कको टोलीले लामो समयदेखि उक्त घरमा छापा मारिरहेको छ । घरमा धेरै नै पैसा र सुन भेटिएको छ’ ति प्रहरीले भने ‘पैसा धेरै भएपनि गन्नका लागि मेसिन मगाएर गन्ने क्रम जारी छ । यो रकम ४ करोड भन्दा बढन् पनि सक्छ ।’
प्रहरीका अनुसार उक्त घरबाट अवैध सुन तथा हुन्डीको रकम हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस्तै सुचनाका आधारमा प्रहरीले छापा मारेको हो । हाल प्रहरीले गोरखा जिल्लाका वीरेन्द्रबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । श्रेष्ठले लामो समयदेखि पैसा मिटरब्याजमा लगाउने र सुन धितो राखेर चर्को ब्याजमा पैसा दिने गरेको प्रारम्भिक अनुसन्धानट खुलेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।


