धितोपत्र बोर्डको अध्यक्षमा कस्ले मार्ला बाजी ? मंसिर ९ गते तीन जनाले अन्तर्वार्ता दिँदै
काठमाडौं । शेयर तथा पूँजी बजारसँग सम्बन्धित देशको सबैभन्दा ठूलो र मुख्य निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) नेत्तृत्व बिहीन अवस्थामा छ । अध्यक्षको पद रिक्त भएको लामो समय भइसक्दा पनि नयाँ नियुक्ती कस्ले पाउँने हो भन्ने टुंगो नलाग्दा बोर्डमा अध्यक्ष बिहीन अवस्थामा गुज्रिएको लामो समय भएको हो ।
यता सोही अध्यक्ष नभएकै कारण आईपिओ निष्काशनदेखि दजर्नौ कामहरु प्रभावित भएका छन् । एक त सरकारी कार्यालयमा कार्यबहाक तोकिए पनि कार्यकारी अधिकार पूर्ण रुपमा प्राप्त नहुने हुँदा नेपाली सरकारी संस्थाहरुले काममा सुस्तता भोग्नु पर्ने बाध्यता छदै छ ।
यस्तै अवस्थामा आज भने मंसिर ९ गते धितोपत्र बोर्डमा अध्यक्ष पदका लागि तीन जनाले अन्तर्वाता दिने खबर प्राप्त भएको छ ।
सर्ट लिस्टमा परेका तीन जना उमेद्धारहरुसँग बैंक वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । अहिले अध्यक्ष पदका लागि प्रारम्भिक छनोटमा परेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ र सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारी हुन् ।
नेपालको धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि प्रारम्भिक छनोट चरणमा पाँच इच्छुक उमेद्धारहरुले आवेदन दिएका थिए । सो मध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ गरी दुई जनाले अन्तर्वार्ता दिइसकेका छन् भने बाँकी तीन जनाले आगामी मंसिर ९ गते दिने भएका हुन् ।