

पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो




नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.०३ अकंले बढेर २७६१.८६ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ वटा उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको ०.७५ प्रतिशत, फाइनान्स समूूहको ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सोमबार १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीको घटेको छ।