
बढी-पहिरोका कारण १२ राजमार्ग पूर्णरूपमा अवरोध

काठमाडौं । देशका विभिन्न स्थानमा अएको बाढी-पहिरोका कारण विभिन्न राजमार्ग अवरोध भएका छन् ।
नेपाल प्रहरीका अनुसार केही राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन् । काठमाडौं जिल्ला नागार्जु नगारपालिका–८ को भिमढुङगा ठुलो खोलास्थित धार्के चल्ने सडकखण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
त्यस्तै संखुवासभा जिल्ला भोटेकोशी गाँउपालिका–४ बरूण स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । त्यस्तै रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–२ नेपाल र चिन नाका जोड्ने पुल पूर्ण रूपमा अवरोध भएको छ । सोही जिल्ला गोसाइकुण्ड गाउँपालिका–२ स्याउ पाकिङ पासाङल्हामु सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
त्यस्तै सिन्धुपाचोक जिल्ला भोटेकोशी गाँउपालिका-२ अरनिको राजमार्ग पूर्णरूपमा अवरोध भएको छ । त्यस्तै नुवाकोट जिल्ला बिदुर नगरपालिका १० तितिरे भिर पासाङल्हामु सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ । म्याग्दी जिल्ला बेनी नगरपालिका–४ घुमाउने भिर बेनी दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
त्यस्तै लमजुङ जिल्ला लमजुङ मस्याङदी गाँउपालिका ४ बुङ झर्ना बेसिशहर–मनाङ सडकखण्ड पूर्ण रूपमा अवरोध भएकोछ रोल्पा जिल्ला रोल्पा त्रिवेरणी गाँउपालिका–२ घोराही थवाङ सहिद मार्ग पूर्ण रूपमा अवरोध भएकोछ । त्यस्तै रूकुम जिल्ला आठबिसकोट नगरपालिका–६ रिजिगार जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
कालीकोट जिल्ला शुभकालिका गाँउपालिका–१ गगने खोला कर्णली राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ४ मुलपानि जाजरकोट सडकखण्ड पूर्ण रूपमा अवरोध भएको छ । सोही जिल्ला छेडागाड नगरपालिका–२४ मर्फिङ स्थित मध्ये पहाडी राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।
सोही जिल्ला भेरी नगरपालिका–१ स्थित जाजरकोट खलंगा रिम्ना सडकखण्ड पूर्ण रूपमा अवरोध भएको छ । रूकुम पश्चिम जिल्ला रूकुम पश्चिम अठबिसकोट नगरपालिका–११ चिसापानि भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ । सोही जिल्ला रूकुम पश्चिम अठबिसकोट नगरपालिका–११ चिसापानी जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरोध भएको छ । यस्तै पूर्ण रूपमा अवरोध छ ।
तेहथुम जिल्ला लालीगुँरास गाँउपालिका तीनधुर स्थित मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारू रसुवा जिल्ला गाँउपालिका ३ मेदामुदुङ पासाङ ल्हामु सडकखण्ड एकतर्फी सुचारू यस्तै सोहि जिल्ला उत्तरगया गाँउपालिका–५ नौबिसे गल्छी त्रिशुलीदेखी मैलुङ स्याफ्रु जाने सडक एकतर्फी, बागलुङ जिल्ला बागलुङ नगरपालिका–१३ कालाखोला कालीगण्डकी करीडोर, नवलपरासी जिल्ला गैडाकोट नगरपालिका–३ तरङखोला कालीगण्डकी करीडोर एकतर्फी सुचारू भएको छ ।
यस्तै तनहु जिल्ला बन्दिपुर गाँउपालिका–४ चुनपहरा पृथ्वी राजमार्ग करीडोर, दाङ जिल्ला लमही नगरपालिका–९ जाली राजमार्ग, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–९ बरमकोट नोलापनी सालझण्डी ढोरपाटन सडकदण्ड एकतर्फी सुचारू भएको छ ।


