
प्रिओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ। गत बिहीबार ३८.१० अंक घटेर २७८१.०० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३.१० अंक बढेर २७८४.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३० अंक बढेको छ।
आज प्रिओपन सेसनमा ३४ स्टकको २१२ पटकको कारोबारमा ४ करोड २२ लाख ६१ हजार ६८३ रुपैयाँबराबरको १ लाख ४ हजार ८६५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ।


