

वार्षिकोत्सवको अवसरमा नेपाल इन्स्योरेन्सले फुटसल प्रतियोगिता आयोजना गर्ने




काठमाडौं । नेपालकै जेठो बीमा कम्पनीको रुपमा आफ्नो विरासत कायम गर्न सफल नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७८ वर्ष पुरा गरी ७९ वर्ष प्रवेश एवं कम्पनीको ७८ औं वार्षिकोत्सवको अवसरमा असोज ३ र ४ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त फुटसल प्रतियोगिता सामाखुसी फुटसलमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको हो ।
यता, सोही प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण ,जीवन, निर्जिबन लघु तथा पुनर्बीमा कम्पनीहरु सहभागी हुन सक्नेछन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र बितरण गरिने बताइएको छ। यस कार्यक्रमको उद्देश्य मनोरन्जनका साथै बीमा क्षेत्रसंग सम्बन्धित कर्मचारीहरु बीच एक आपसमा समन्वय, सदभाव, आत्मविश्वास र स्वास्थ्य सम्बन्धी चेतनाको विकास गर्ने रहेको बताइएको हो।