

घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।