

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड




काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले गत साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो। निष्कासन अवधिभर रीतपूर्वक आवेदन दिएका २१ लाख ९७ हजार ५८२ जनामध्ये भाग्यमानी १ लाख २४ हजार ८९० जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन्।
सोहीमध्येका १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकामध्ये ४ जना भाग्यशालीले थप १/१ कित्ता गरी कुल ११/११ कित्ता शेयर हात पारेका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ। यसमा आवेदन दिने २१ लाखभन्दा बढीको हात रित्तो भएको हो।