

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?




काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।