
सागर डिष्टिलरीको आईपीओ बाँडफाँड

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।
कम्पनीले गत साउन २८ देखि भदौ १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ४५ हजार २०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो।
उक्त अवधिभर रीतपूर्वक आवेदन दिएका १४ हजार ५२० जना आवेदकलाई १०/१० कित्ताका दरले भदौ ६ गते शुक्रबार आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएको छ।
आईपीओ बाँडफाँडको नजिता अनलाइनमा सार्वजनिक समेत भइसकेको बिक्री प्रबन्धकले बताएको छ।


