

सेयर बजारले देखायो सुधारको संकेत




काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) सेयर बजारले सुधारको संकेत देखाएको छ । सोही दिन नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६९० बिन्दुमा पुगेको हो।
यता, आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको बेलामा सोमबार ६ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार भने ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँको मात्र सेयर कारोबार भएको अवस्था छ ।
त्यस्तै, आज कारोबारमा आएको १३ वटा उपसमूह नै बढेका छन् । सान्भि इनर्जीको सेयर मूल्य यस दिन सर्वाधिक ६।९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पियोर इनर्जीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने इष्टर्न हाइड्रोपावरको सेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ।
सोही कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन सर्वाधिक ६।१४ प्रतिशत घटेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
साथै, कारोबार रकमका आधारमा यस दिन युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ३१ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज हिमालयन डिष्टिलरीको करिब साढे २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम २० करोड नाघेको हो।