

अन्तत नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट पदमुक्त बने ओझा




काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पद मुक्त बनेका छन् । उनलाई सरकारले बीमा प्राधिकरणको अध्यक्षबाट पदमुक्त गरेको हो।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गर्यो। नेपाली बीमा क्षेत्रमा कान्छा अध्यक्षको रुपमा उदायका ओझा अहिले पदबाट मुक्त भएका हुन् ।
उनलाई नियुक्ती दिने र पदबाट मुक्त गराउने दुवै बेलामा एउटै व्यक्ती अर्थमन्त्री छन् । यता, सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनको सुझावका आधारमा आज बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको अवस्था छ। ओझाको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् ।
यससँगै नेपाली बीमा क्षेत्रलाई नजिकबाट बुझ्ने, यसलाई नियाल्दै केही नयाँ अनुभव हाँसिल गरेर त्यसको प्रयोग नेपाली बीमा बजारमा लागू गर्ने ओझाको सपना टुंगिएको छ ।
यता, मर्जरपछिको बीमा बजारमा फेरी पनि एउटा भरपर्दो नेत्तृत्वको खाँचो जागेको छ । बीमा बजारले अहिले नयाँ नयाँ अभ्यासलाई आत्मसाथ गर्दै, लगानीको दायरा बिस्तार गर्दै एवम् नयाँ नयाँ जोखिम मोलिरहेको बेलामा बीमा कम्पनीहरुको मुख्य नियामक निकाय नेपाल बीमा प्राधिकरणमा छोटो समयमा नै फेरी पनि अध्यक्षकै खोजी गर्नु पर्ने अवस्थाको सिर्जना भएको छ ।