
हिमालयन लघुवित्तको सञ्चालक समिति अध्यक्ष बने नकर्मी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विजय मान नकर्मी चयन भएका हुन्। उनलाई लघुवित्तको कात्तिक २६ गते बसेको सञ्चालक समिति बैठकले चयन गरेको हो ।
उनी चयन भएको जानकारी कम्पनी सचिव देवकर कार्कीले दिएका छन् ।

