
पूर्वमन्त्री मनाङे पक्राउ



काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य दीपक मनाङे राजीव (गुरुङ) लाई प्रहरीले गरेको छ। राधानीको सानो भर्याङबाट उनलाई प्रहरीले नियन्त्रणमा राखेको हो।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले कात्तिक २० गते फैसला सुनाएको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पाटन पुनरावेदन अदालत हाल उच्च अदालत पाटन को २०६९ सालको फैसलालाई सदर गरेसँगै उनी पक्राउ परेका हुन्। ५ वर्ष कैद सजाय उच्च अदालतबाट तोकिएपछि उनीलाई नियन्त्रणमा लिइएको हो।
त्यस्तै, वि.स.२०६१ सालमा सोही मनाङेको समूहले मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबारले आक्रमण गरेको घटनामा उनलाई दोषी ठहर गरेको हो। जिल्ला अदालत काठमाडौंले उक्त घटनामा कर्तव्य ज्यानको आरोपलाई घटाएर कुटपिटमा सीमित गर्दै मनाङेलाई २ वर्षको सजाय सुनाएको थियो भने अन्य अभियुक्तहरूलाई सफाइ दिइएको थियो ।
यता,पुनरावेदन अदालत पाटनले उक्त फैसलालाई उल्ट्याउँदै वि.स.२०६९ सालमा मनाङेलाई ज्यान मार्ने प्रयासको आरोपमा ५ वर्षको सजाय सुनाएको थियो भने सर्वोच्चमा मुद्दा विचाराधीन रहँदै गर्दा मनाङे गण्डकी प्रदेशसभा सदस्य बने र मन्त्री बन्न सफल भए ।


