
मंगलबार २४ सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार २४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्यमा सो गिरावट आएको हो ।
१ हजार रुपैयाँले हिजो घटेको सुनको मूल्य मंगलबार भने २४ सयले घट्न पुगेको छ।
आज सुन तोलामा १ लाख ६२ जहार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो तोलामा १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोको १ हजार ९ सय २५ रुपैयाँमा कारोबार नेपाली बजारका कारोबार भइरहेको छ ।


