

प्रोटेक्टिभ माइक्रोको आईपीओ प्रत्याभूतिकर्तामा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त




काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश कुमार रोका ले हस्ताक्षर गरेका छन् ।
यता, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले निर्जीवन लघुबीमा कम्पनीको हैसियतले मिति २०८०/०२/०८ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी मिति २०८०/०३/३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आईरहेको छ । बीमाको पहुँच बाहिर रहेका समुदायलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि.न्यून आय भएका सीमान्तकृत वर्गका व्यक्तिलाई बीमा सेवा प्रदान गर्दै तथा बीमाको सहज पहुँच दिलाइ आर्थिक जोखिमहरू व्यवस्थापन गर्न र अप्रत्याशित घटनाहरू विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न सहायता पु¥याउंदै आएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. ले आफनो लक्षित वर्गको आवश्यकता र आकांक्षाहरुलाई पुरा गर्न विविध लघुबीमालेखहरु मार्फत पहुँच योग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउदै आएको छ ।
हाल कम्पनीले सात वटै प्रदेशमा गरी ३३ वटा कार्यालयहरु मार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।