

सन नेपाल लाइफको नाफा सवा ५४ करोड




काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ५४ करोड २४ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५.६५ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १९ करोड ६६ लाख ५१ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.८८ प्रतिशतले धेरै हो ।
कम्पनीको जीवनबीमा कोषको आकार ३२.८६ प्रतिशतले बढेर १० अर्ब १० करोड ४७ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
गत आवको असार मसान्तसम्म कम्पनीले ४ अर्ब ५३ करोड ९३ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.८३ प्रतिशतले धेरै हो । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ३२ करोड ६० लाख ७३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २५.३० प्रतिशतले धेरै हो ।
कम्पनीको प्रतिसेयर आम्दानी ११.२२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.२३५ रुपैयाँ छ ।