

शिवम् सिमेन्टको नाफा २०५.८५ प्रतिशतले बढ्यो




काठमाडौं । शिवम् सिमेन्ट्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
गत आवको असार मसान्तमा कम्पनीको नाफा २०५.८५ प्रतिशतले बढेर ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको नाफा २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म कम्पनीको कुल नाफा भने ६६.३० प्रतिशतले बढेर १ अर्ब ७२ करोड ९३ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
यस्तै अन्य आम्दानी ३०.७८ प्रतिशतले घटेर १३ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको असार मसान्तमा कम्पनीको कुल खर्च १.६६ प्रतिशतले घटेर ९४ करोड ६ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ०.७८ प्रतिशतले बढेर ७ अर्ब ७६ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.५५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा छ ।
५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ८३ करोड २९ लाख ८९ हजार रुपैयाँ छ ।