
विद्युत् प्राधिकरणका कर्मचारीले गरे मन्त्रिपरिषद्को निर्णय उल्लङ्घन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले मन्त्रिपरिषद्को निर्णय उल्लङ्घन गरेका छन् । उनीहरुले आइतबार बसेको बैठकले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता भुक्तानी नभए पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने निर्णयले नेपाल विद्युत् प्राधिकरण धराशायी हुने भन्दै कर्मचारीले अवरोध जनाएका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बक्यौता नतिरे पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको र नेविप्रा कर्मचारी कल्याण परिषद् तथा नेविप्रा राष्ट्रिय कर्मचारी युनियनले सोमबार विज्ञप्तिमार्फत अवरोध जनाएका हुन् ।
यस्तो छ विज्ञप्ती


