


‘होलिडे इन रिसोर्ट बूढानीलकण्ठ’को एक वर्षमा साढे १३ करोडको व्यापार




काठमाडौं । ऊर्जामन्त्री तथा कांग्रेसका सांसद दीपक खड्काको होटल ‘होलिडे इन रिसोर्ट बूढानीलकण्ठ’ले एक वर्षमा साढे १३ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले गत आर्थिक वर्षको अन्यसम्म आउँदा १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो।
यो होटल सन् २०२४ को जुलाईबाट सञ्चालनमा आएको हो । सन् २०१० मा होटल फरेष्ट इनको नाममा स्थापना भएको कम्पनीले होलिडे इन रिसोर्ट बूढानीलकण्ठ ब्रान्डमा पाँचतारे होटल सञ्चालन गरेको छ । काठमाडौंको बूढानीलण्ठमा रहेको होटल १.२४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । होटलमा १ सय ४ वटा कोठाको सुविधा छ । बीस रोपनी क्षेत्रफलमा ३ अर्ब ५७ करोडको लगानीमा रिसोर्ट निर्माण भएको हो ।
कम्पनीले २ अर्ब १६ करोड २१ लाख रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ११ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
यस होटलमा विनिता थापा खड्कासँग ३२ प्रतिशत सेयर स्वामित्व रहेको छ । अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘होलिडे इन रिसोर्ट’ अमेरिकन बेस्ड होटल चेन हो । होलिडे इन होटल एण्ड रिसोर्ट ब्रान्डले विश्वका एक सयभन्दा बढी देशमा सञ्चालन गरिरहेको छ।