
काठमाडौं । रिलायन्स फाइनान्सको सञ्चालक समिति सदस्यमा संदिपा अधिकारीलाई नियुक्त गरिएको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
अधिकारीलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी संचालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।