
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य तोला एक लाख ९६ हजार ५०० रुपैयाँँमा कारोबार भइरहेको हो ।
यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर दुई हजार २५० रुपैयाँमा किनबेच भइरहेको हो ।