

करिब ४ वर्ष यताकै उच्च बिन्दुमा सेयर बजार




काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर तीन हजार बिन्दुमाथि पुगेको छ । सेयर बजार करिब ४ वर्ष पछि तीन हजार बिन्दमाथि पुगेको हो । सेयर बजार यस अघि २०७८ भदौ १३ गते ३०४४.८७ विन्दुमा थियो ।
बुधबार सेयर बजार मापक नेप्से सूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेको हो । आज सेयर बजार १.०३ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) जानकारी दिएको छ । आज सेन्सेटिभ इण्डेक्स ३.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक बढेको छ।
सेयर बजार दोहोरो अंकले बढेको भएता पनि आज कारोबार रकम भने सोमबारको तुलनमा घटेको छ। सोमबार १९ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।