कम्पनीहरुको प्रतिस्पर्धाले समयमै दाबी-भुक्तानी हुन थालेको छ: नेपाल इन्स्योरेन्सका डीसीईओ पोखरेल
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्,‘ईश्वर पोखरेल’। शालिन स्वभाव, शैक्षिक व्यक्तीत्व र सुशासन प्रेमी भएकाले नै उनको चार वर्षे कार्यकाल समाप्त भएसँगै संचालक समितिले पुनः नियुक्त गरेको अवस्था छ । यसको मतलब पोखरेलले फेरी चार वर्षे कार्यकाल सम्हाल्ने शुभ अवसर पाएका छन् ।
उनले बीमा क्षेत्रमा प्रवेश हुनुभन्दा अगाडी नै नेपालका नाम चलेका प्रख्यात बैंक–वित्तीय संस्थाको लामो कार्य अनुवभ हाँसिल गरेका छन् । सरल स्वभावका पोखरेल मिडीयामा भने खासै खुल्दैनन् । तर, डीसीईओ पोखरेलको दोस्रो कार्यकालको सुरुवात पश्चात बीमा दर्पण डटकमले उनको भनाई सम्प्रेणको लागि प्रस्ताव गर्दा उनले स्वीकार गर्न पुगे ।
सबैभन्दा पहिला यहाँको कार्य अनुभवको बारेमा प्रकाश पारिदिनु होस् न ? बीमा क्षेत्रमा कसरी आवद्ध हुनु भयो ?
बीमा बजारमा मेरो प्रवेश हुनुभन्दा अगाडी मैले विविध क्षेत्रहरुको अनुभव लिन पुगेको थिए । मैले आफ्नो विद्यालय स्तर सकेसँगै जागिरे जीवनको सुरुवात गरेको हो । सबैभन्दा पहिले एनजीओ, सरकारी सेवा,दूर संचार संस्था, स्कुल र कलेजमा अध्यापनको साथै बैंकिङ्ग क्षेत्रमा पनि काम गर्न पुगे । आजभन्दा २६,२७ वर्ष अघि मैले नेपाल एसबीआई बैंकमा अधिकृत तहमा प्रवेश गर्ने मौका पाएको थिए । त्यो प्रवेशसँग मैले वित्तीय क्षेत्र भनौ न जहाँ बैंकिङ पनि पर्छ, बीमा पनि पर्छ । त्यस्ता क्षेत्रमा आफ्ना ज्ञान र रुची बढाउँदै लगे । मैले आफ्नो कार्य अनुभवबाट धेरै आर्थिक एवम् वित्तीय कुरा बुझ्ने मौका पाए । मेरो मुख्य विषय नै फाइनान्स भएको कारणले पनि यही क्षेत्रमा जीवनको लामो अवधि बितेको होला । मलाई बैंक–बीमा विषय पढाउने सुनौला अवसरहरु पनि आए । आठ वर्ष पढाउँदा मैल बैंक र बीमाको बारेमा थप जानकारी हाँसिल गर्न पाए ।
नेपाल एसबीआई र स्टयाडर्ड चार्टर्ड बैंकमा १२,१३ वर्ष काम गर्ने मौका पाएपछि मैले फाइनान्सिल सेक्टरको ग्लोबट ट्रेण्ड बुझ्ने मौका पनि पाए । त्यसपछि मैले युनाईटेड फाइनान्स लिमिटेडमा महा–प्रबन्धकको रुपमा करिब एक दशक काम गरे । त्यसले गर्दा मेरो वित्तीय क्षेत्रमा, बैंककै क्षेत्रमा २२ वर्षको अनुभव भइसकेको थियो । त्यसपश्चात मैले बैंकिङ क्षेत्र छोडेर केही अवधि आराम पनि गरे । मलाई अध्ययन अध्यापनमा पनि धेरै रुची थियो । १२ वर्षभन्दा धेरै समय स्कूल र कलेजमा अध्यापन पनि गरे । ऐतिहासिक कम्पनी नेपाल इन्स्योरेन्समा जोडिने सुनौलो मौका पाए । कोरोना महामारी अगाडी मैले मोटिभेसनल स्पिकरको रुपमा समेत काम गर्दै आएको थिए । कोरोना महामारीले सबै क्षेत्रलाई तहसनहस पारेको बेलामा मैले बैंकिङ्गको जागिर छोडेर बसेको थिए । त्यही बेलामा नेपालको सबैभन्दा पुरानो ७४ औं वर्षमा प्रवेशमा गर्न लागेको कम्पनीको बारेमा देखे । यस कम्पनीलाई नायब प्रमुख कार्यकारी अधिकृत चाहिएको थाहा भएपछि र बैंकको जागिर छाडेको धेरै भएकाले मैले नेपाल इन्स्योरेन्समा चार वर्ष योगदान गर्ने मौका पाए । अहिले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालको लागि काम गरिरहेको अवस्था छ । मैले विगत चार वर्षमा कम्पनीमा गरेको योगदानलाई मन पराएर संचालक समितिले दोस्रो कार्यकालको लागि अवसर दिनु भएको छ । बैंकिङ्ग तथा इन्स्योरेन्स क्षेत्रबाट राम्रा अफरहरु आएका पनि थिए तर यस कम्पनीको लामो इतिहास र कर्मचारी वर्गको म प्रतिको मायाले यस कम्पनीका दोस्रो कार्यकाल काम गर्न प्रेरित गर्यो ।
अध्ययन अध्यापनमा रुची राख्ने तपाईको पुरानो बानी रहेछ । बीमा क्षेत्र कतिको नयाँ लाग्यो या भनौ यो क्षेत्रबाट के कति कुराहरु नयाँ सिकाईका पाटा रहे ? अहिलेको बीमा बजारको अवस्थालाई सादा आँखाले हेर्दा कसरी चित्रण गर्नु हुन्छ ?
वास्तवमा बीमा क्षेत्र कस्तो लाग्यो भन्दा बाहिरबाट हेर्दा बीमा र बैंकिङ उस्तै–उस्तै हो जस्तो लागेको थियो । म निर्जीवन बीमा कम्पनीमा आवद्ध भएकाले पनि होला यो क्षेत्र बैकभन्दा केही प्राविधिक र फरक लाग्यो । लिडरसिपको हिसाबले हेर्दा दुवै सेवा मूलक क्षेत्र हुन् ।
बैक र बीमा दाजुभाई हुन् कि होइनन् ?
गज्जब प्रश्न गर्नु भयो यहाँले, त्यसको लागि पनि धन्यवाद छ । अब एक अर्कामा अन्तर सम्बन्धित छन् । बैंकले डिपोजिट लिएर त्यसको मोविलाईजेसन गर्ने,कर्जा प्रवाह गर्ने, विदेशी मुद्राको कारोबार गर्ने, क्रेडिट क्रियसन गर्ने र अन्य सेवा दिने कार्य गर्दछ । बैंकले जनताको पैसाको सुरक्षण गर्दछ भने बीमाले बैंकबाट लिएका कर्जालाई एग्रिकल्चर टु एभिएसन भन्दै सम्पत्तीको क्षतिको रक्षावरण गर्छ । या भनौ क्षति भएको ठाउँमा मलम लगाउँछ । बैंकले कर्जा दिएर डिपोजिट राख्देर काम गर्ने हो अब बीमाले नागरिकको जोखिम आफूले धारण गर्ने हो । बैंकमा सेवा लिन धेरै भीड बैंकमा आउँछन्, बीमामा सेवा दिन हामी जानुपर्छ । बैंकमा ग्राहकहरु धाउनु हुन्छ बीमामा चाही व्यावसायी भेट्न हामी जानु पर्छ । नियमनकारी निकायको एप्रोच र सुपरिवेक्षण बैंक, बीमामा फरक छ । अहिले बीमा नियामक पनि सबल बन्दै गएको अवस्था छ । बैंकमा चाही अलि पहिलेबाट सबल भएको मेरो अनुवभ रह्यो । दुवैको काम भनेको नागरिकको सेवा गर्ने हो । अहिले बीमा कम्पनीहरुको प्रतिस्पर्धाले र नियामकको दाबी भुक्तानी समयमै हुनुपर्यो भन्ने स्पीरीटले समयमै दाबी भुक्तानी हुन थालेको अवस्था छ ।
के–कस्ता नीतिगत परिवर्तन भयो भने बीमा क्षेत्र थप मजबुत हुन्छ ? बीमितको बीमा प्रतिको बुझाई दृष्टिकोण हुनसक्छ, कम्पनीको बीमित प्रतिको व्यवहार पनि हुन सक्छ । के लाग्छ यहाँलाई ?
मलाई के लाग्छ भने नीति बनाउँने र पालना गर्ने गर्नुपर्छ । नीति बनाएर मात्र हुँदैन । नीतिहरु पर्याप्त छन् । हामी भन्छौ नि, नियम खोपामा राखेर त हुँदैन । नियम पालनामा सुरुदेखि नै कठोर भएर लाग्नु पर्छ । एउटा कम्पनीले पालना गर्ने अर्कोले पालना नगर्ने पनि हुनु हुँदैन । आत्म समिक्षा जरुरी छ । वास्तवमा सबै पक्ष जिम्मेवार हुनुपर्छ भन्ने मेरो भनाई हो । नीति नियमको पालना रेगुलेटर, सेवा दिने-सेवा दिने सबैले गर्नुपर्छ । बीमा प्राधिकरणले पनि गर्नु पर्यो फलोअर्सले पनि गर्नु पर्यो । सबै सहि बाटोमा हिड्नु पर्यो । बीमा गर्दादेखि दाबी लिदासम्म ग्राहकले नियम पालन गर्नु पर्छ । समाज र सरकारले पनि नियम पालनामा टेवा पुर्याउनु पर्छ ।
बीमा क्षेत्रका हामीले पनि कतिपय कुराहरु अस्वस्थ छन् त्यसलाई सुधार गर्नुपर्छ भन्ने कुरा यदाकदा सुन्ने गरेका छौं । तपाई एउटा नेपालको जेठो कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को हैसियतले कस्ले कस्लाई घच्घच्याउँन जरुरी छ ? भन्ने देख्नु हुन्छ ?
म चाही के भन्छु भने घर सुधार गर्नु पर्यो भने घरका मुख्य (गार्जियन) अभिभावक सबैभन्दा नियम संम्वत, संस्कारयुक्त, सबैलाई कन्ट्रोल गर्न सक्ने हुनुपर्छ । त्यसो भन्नुको मतलब सबैभन्दा पहिला रेगुलेटर स्टङ्ग हुनुपर्छ ।
रेगुलेटर भन्नाले सरकार भन्न खोज्नु भएको हो कि ?
रेगुलेटर भन्नाले सरकारमार्फतको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण । मूल मान्छे सबल भए भने त्यसका अंगहरु, अरु मान्छेहरु आफै बलियो हुँदै जान्छन् । रेगुलेटर स्ट्रङग भएन भने २ वटा रि इन्स्योरेन्स सहित सबै कम्पनीहरु मिलेर हाम्रो बजार यो हो तर यहाँ यस्तो अवस्था आएको छ भनेर भन्न सक्नुपर्छ । को बलियो हुनुपर्छ भन्ने त छँदै छ तर सबैभन्दा मुख्य भुमिका नियामक निकायकै हुनुपर्छ ।
यहाँको मतलब नियामकले नियमन बलियो बनाउँनु पर्यो । कम्पनीले आफ्नो शुसासन पालना गर्नु पर्यो, होइन ?
हो । नीति नियममा सबै बस्नु पर्यो भन्ने हो ।
हामीले त बीमा कम्पनीहरुले पनि (लुप होल) कानुनमा नसमेटीएका कमजोरीका छिद्रहरु समातेर लुकीलुकी बदमासी गर्छन् भन्ने पनि सुन्छौं नि ?
यसमा मैले हाम्रो बीमा प्राधिकरणको चेयरम्यान सर (सूर्य प्रसाद सिलवाल) सरकै शब्द उधारो लिए, उहाँले सर्पले सर्पको खुट्टा देख्छ भन्ने गर्नु भएको छ । यसको मतलब एउटा बीमा कम्पनीले अर्को कम्पनीले गरेको कमजोरी देख्छन् रे । वास्तवमा लुप होल भनेको लुप होल हो एउटा कम्पनीले अर्को कम्पनीमा हेरेर पनि कानुनका कमजोरी पत्ता लगाउँछन् ।
अन्तिममा मान्छेलाई आफूले गरेको गल्ती महशुस हुन लामो समय लाग्ला तर उसले पनि थाहा पाउँछन् ।
हामीसँग नियमनकारी निकाय छ, बीमक संघहरु पनि छन् । अनि यता कम्पनीहरु लुप होल खोजेर बस्छन् ।सर्पको खुट्टा सर्पले देख्छ भन्ने पनि गरिदो रहेछ । के यहाँ मिलेमतो पनि हुन्छ क्या हो ?
कम्पनीको मिलेमतो भएको भएको भए त म त्यसलाई राम्रो रुपमा लिन्थे । तपाईले कुन आधारमा सोध्नु भएको हो त्यो त मलाई थाहाँ भएन तर साच्चैको सहि कुरामा मिलेतो भएको भए यस्तो अवस्था चाही अलि निम्तिन्न थियो कि भन्ने पनि छ । मलाई त कम्पनीहरु चाहीने ठाउँमा पनि मिलेनन् कि जस्तो लाग्ने गरेको छ । मिलेमत्ताले चाही सबैको कम्पलायन्स एकै नासको राम्रो बनाएको पो मिलेमत्तो त अनि त्यसको महत्व पनि धेरै हुने थियो । राम्रो कुरामा मिल्न पाइयो नराम्रो कुराका लागि मिल्नु भएन ।
थोरै रोके यहाँलाई । समृद्ध नेपाल सुखी नेपाली सरकारको नारा छ । यहाँमा बीमाको भूमिका के रहन्छ होला ? खै त्यो त कहिकतै लेखेको देखिन्न?
अवश्य पुग्छ नि । हाल धेरै नेपाली विद्यार्थी, पेशाकर्मीहरु विदेश जानु भएको छ । तपाईले सोध्नुस् उहाँहरुलाई विदेशमा पुग्ने बित्तीकै पहिलो रात नै बीमाको कुरा आउँछ । यहाँ समृद्ध नेपाल सुखी नेपालीको कुरा आउँछ तर बीमा सबलिकरणको कुरा आउँदैन । बीमा पहिलो अनिवार्यता हुनपर्छ । बीमाशुल्कको व्यवस्थापन कस्ले गर्ने निश्चित र सरल हुुनुपर्छ । पूनर्बीमाबाट क्षतिको रकम पाइने हुँदा बीमा गर्दा देशलाई नै विपत्तको बेलामा ठूलो आर्थिक भार कम पर्छ । वि.स.२०७२ सालकै कुरा गर्ने हो भने धेरै घर भत्किएको बेलामा बीमा नगरेकै कारण धेरै जनाले ठूलो क्षती व्यहोर्नु भयो । मैले उल्टो प्रश्न सोध्छु बीमा गरेर हाम्रो जोखिम पुनर्बीमा कम्पनीले बोक्छ र क्षती भएको बेलामा फेरी पैसा पाइन्छ भने त्यो समृद्ध नेपाल सुखी नेपाली भित्र परेन र ?
एउटा कुरा मान्नु हुन्छ, बीमा विश्वासले चल्ने व्यवसाय हो ?
डेफिनेट्ली । परम सद्विश्वासको सिद्धान्त भनेर बीमालाई किन भन्छन् । प्रिन्सीपल अफ अटमस्ट गुड फेथ भन्ने नै बीमा त हो नी ।
गुड फेथ भन्नु हुन्छ । हामीले हेर्दा सरकारले एकातिर न्यून वर्गलाई अनुदान दिएको छ अर्कातिर विपतमा जनतालाई भुक्तानी दिन आनाकानी गरेको छ । निर्जीवन बीमाको कृषि बीमा र अन्य बीमामा अदालत नै जानुपर्ने अवस्था छ । तपाईलाई के लाग्छ सरकारले बीमालाई जे गरे पनि हुन्छ भन्ने हेयको दृष्टिभाव हो या बीमा कम्पनीले सरकारको विश्वास, गुड फेथ जित्न नसकेको हो ? ठूला आयोजनाको भुक्तानी नदिएर ?
यसमा दुईवटा कुरा छ । मैले अघि पनि भने वास्तवमा गार्जियन एकदमै इमान्दार हुनुपर्छ । सरकार हामी सबैको गार्जियन हो । उ कति इमान्दार छ त्यो मैले लेखाजोखा गर्ने होइन । सरकार प्रस्तुत चाही यसरी हुनुपर्छ जस्तो कि उसले पनि बोलेको कुरा पूरा गर्नु पर्छ । कहिकतै नपुगेकै पनि देखिन्छ । सरकारले कोरोना बीमा, कृषि अनुदानको कुरा तपाईले उठाउन खोज्नु भएको जस्तो लाग्यो । अहिले एक त सरकार आफै आर्थिक रुपमा त्यति सक्षम नभएको अवस्था छ । तर कमिटमेन्ट गरेपछि पूरा गर्नु पर्छ नत्र कमिटमेन्ट गर्नु हुँदैन ।
दोस्रो कुरा चाही बीमा कम्पनीले कोरोना बीमाको भुक्तानी नदिदा नागरिकले पनि यहाँ कमजोरीभएको हो भन्ने बुझ्न थाल्नु भएको हो ।
यो प्रश्न फेरी दोहोर्याए कृपया हलुका रुपमा नलिनु होला । बीमाको विश्वास एकदमै कम छ । सरकारी स्तरमा नै यो कमी छ । यसलाई बढाउन के गर्न सकिन्छ भन्ने मेरो प्रश्न हो ?
वास्तवमा बीमा भनेको सेवा हो । सेवा भनेको प्रम्प्ट सर्भिस, शीघ्र सेवा । अथवा भनौ न कुनै पनि घटना, दुर्घना हुने बित्तीकै प्रोएक्टीभ रुपमा सेवा दिएमा बीमा क्षेत्रले ठूलो विश्वास प्राप्त गर्छ । अब विश्वास पाएन भने बीमाले बीमाशुल्क लिने अनि क्षति हुँदा बीमितलाई अड्चन देखाउँने चलन विगतमा रहेको पनि हामीले सुन्ने गर्छौं । कुनै पनि सेवामा ढिला सुस्ती भएमा विश्वास घट्छ । तर पनि बीमा प्रति त विश्वास बढ्कै देखिन्छ । समस्या आर्थिक पक्षको पनि छ । जनताले गाँस, बाँस, कपासलाई प्राथमिकतामा राखेको बेलामा खाली पेट बीमा गरिहाल भन्न पनि नमिल्दा ।
मैले नेपाल इन्स्योरेन्स कम्पनीकै कुरा गर्ने हो भने यहाँ त दाबी भुक्तानीलाई एकदमै तिव्रताका साथ भुक्तानी दिने गरिएको छ । हाम्रा ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ भन्ने हामीलाई विश्वास छ । अर्को भनेको हाम्रो ग्राहकहरु पनि धेरै जानकार हुँदै जानु भएको अवस्था छ । मैले बीमा क्षेत्रमा आएर बिताएको एक कार्यकाल (चार वर्षे अवधि) को मात्रै तथ्यांक यहाँहरुले हेर्नु भयो भने तपाईको जवाफ त्यहाँ पनि छ । बीमाको भुक्तानीको स्पिड बढेको छ ।
बीमामा रोजगारीको अवसर बढ्दो छ कि मर्जरका कारण घट्दो छ ?
यो त यस्तो छ । बीमा प्रत्यक्ष रुपमा नै १२ हजार कर्मचारीहरु जोडिनु भएको छ । अप्रत्यक्ष रुपमा पनि एउटै परिवारमा पाँच जनाले पाउँनु भएको हुनसक्छ । जीवन बीमाका अभिकर्तादेखि धेरै जनो बीमालाई राम्रो आर्थिक आर्जनको रुपमा लिनु भएको छ । त्यसैले वित्तीय क्षेत्रमा बीमाको योगदान राम्रै छ ।
बीमामा जोडिन चाहने नयाँ यूवाहरुलाई अहिलेको समय कस्तो छ ?
बीमामा जोडिन चाहने यूवाहरुलाई सुरुमा प्स टु गरेर जागिर कहाँ खाने भन्दा पहिलो रोजाई बीमा नहुन सक्ला । तर, अहिले बीमामा पनि एक्चुरी साइन्सको पढाइ हुन थालेको छ । प्राधिकरणले पनि एक्चुरी साइन्सका विद्यार्थीलाई प्राथमिकतामा राख्ने भनेको छ ।
यता बैंकमा पनि कामको चाँप अलि बढी नै हुन्छ भन्ने गुनासोहरु सुन्ने गरिन्छ । त्यसले नेक्ट मुभको लागि बीमा क्षेत्र पनि राम्रो क्षेत्रको रुपमा गनिन थालेको छ ।