

सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुनको मूल्य तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।