

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन




काठमाडौं । बुङ्गल हाइड्रो कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ ।
कम्पनीले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । उक्त सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।
यस्तै आयोजना प्रभावित स्थानीयका लागि भने आवेदन दिने समय थपिएको छ । आयोजना प्रभावित स्थानीयले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २९ करोड ५ लाख रुपैयाँको २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको सेयरमध्येमा बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अतिप्रभावित क्षेत्र बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका–६ ९साविक पिपलकोट, गाविस–४, ५ र ७० र वडा– ७ ९साविक कफल्सेरी गाविस वडा–१० का बासिन्दाका लागि निष्कासन गरिएको छ ।
बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि निष्कासन गरिएको छ । यस्तै प्रतिकित्ता सय रुपैयाँका दरले २ करोड ७ लाख ५० हजार रुपैयाँको २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर विदेशमा गएका नेपालीहरुका लागि निष्काशन गरिएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।