

हिमालयन बैंकको एफपीओ मंगलबार बाँडफाँड हुदै




काठमाडौं । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन १३ गते मङ्गलबार एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो।
एफपीओको आज प्रि अलोटमेन्ट सकिएको छ। प्रि अलोटमेन्ट र अलोटमेन्टको बीचमा २ दिन हुनु पर्ने पछिल्लो व्यवस्था छ। यस कारण बैंकको एफपीओ मङ्गलबार बाँडफाँड गर्ने क्यापिटलको तयारी छ। यो एफपीओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ। एफपीओमा १७ लाख बढी आवेदकले आवेदन दिएका छन् ।
बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको एफपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये ९ जनाले ११ कित्ता र बाँकिले १० कित्ता शेयर पाउने देखिन्छ।