

जानकी केवल इण्डस्ट्रीले आइपीओ निष्कासन गर्ने




काठमौं । जानकी केवल इण्डस्ट्री लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका–४मा रहेको जानकी केवल इण्डस्ट्रीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
युरोपियन प्रमाणपत्र प्राप्त जानकी केवल इण्डस्ट्री नेपालको पहिलो केवल निर्माता कम्पनी हो । जानकी केवल इण्डस्ट्री नेपालको अग्रणी केवल तथा कन्डक्टर निर्माता कम्पनी हो ।
जानकी केवल इण्डस्ट्रीबाट उत्पादित केवल तथा कन्डक्टरलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त आरओएचएस, सीई र आईईसी युरोपियन प्रमाणपत्रहरू प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
हाल जानकी केवल इण्डस्ट्रीले एसीआरएस कन्डक्टर, हाउस वायर, एबीसी केवल, अटो केवल, फ्लेक्सिबल वायरहरू, पावर केवल, इलेक्ट्रोनिक केवलहरू उत्पादन गरी सहज र सरल रुपमा आम उपभोक्त माझ उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।