

निरन्तर बढ्दै शेयर बजार




नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७६अकंले बढेर २९८२ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन पाँच उपसूचकमा हरियाली आएको छ । आज विकास बैंकको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.९९ प्रतिशतले शेयर मूल्य बढेको हो ।
बिहिबार १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको घटेको छ ।
आज ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी र स्वीतगँगा हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताहरुले आज धेरै नाफा कमाएका छन् ।
त्यस्तै, हिमालायन हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, राधि जल विद्युत, ङादी ग्रुप पावर, समता घरेलु लगायतका कम्पनीहरुका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।