

स्मार्टफोन खरिदमा विदेशीयो साढे ३५ अर्ब, २१ लाख ८४ हजार थान मोबाइल आयात




काठमाडौं । एक वर्षको अवधिमा नेपालमा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँको मोबाइल फोन आएको छ ।
भन्सार विभागका अनुसार गत वर्ष २१ लाख ८४ हजार ६९४ थान फोन आयात भएको हो । गत आवमा नेपालीले ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँको फोन आयात हुँदा राज्यले ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ राजस्व पाएको छ ।
नेपालमा धेरै फोन अस्ट्रेलिया, क्यानडा, चीन, हङकङ, भारत, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, माल्दिभ्स, कतार, यूएई, बेलायत, अमेरिका, भियतनामबाट आयात हुने गरेको छ ।