

यस्तो छ आजका लागी विदेशी मुद्राको विनिमय दर




काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २४ पैसाले बढेर एक डलरको खरीददर १३७.७८ रुपैयाँ र बिक्रीदर १३८.३८ रुपैयाँ कायम भएको छ।
यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.९० रुपैयाँ र बिक्रीदर ९०.१९ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक मलेसियन रिंगिटको खरीददर ३२.५३ रुपैयाँ र बिक्रीदर ३२.६७ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४५१.०७ रुपैयाँ र बिक्रीदर ४५३.०४ रुपैयाँ निर्धारण भएको छ।