

गुराँस लघुवित्तको नाफा ८९.९६ प्रतिशतले बढ्यो




काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा एक वर्षको अवधिमा ८९.९६ प्रतिशतले बढेको छ ।
संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.९६ प्रतिशतले धेरै हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले २ करोड ८ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले बढेर १३ करोड २३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा ८७.८५ प्रतिशतले बढेर ६ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको नाफा बढेको हो ।
असार मसान्तसम्म संस्थाको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर २े.९१ प्रतिशत रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १८ पैसाबाट बढेर ३४ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा रहेको छ।
११ करोड ५८ लाख ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म ४५ करोड ५५ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।