

सेयर बजारमा २१ अर्ब माथिको कारोबार




काठमाडौं । सातामा सेयर कारोबार हुने पहिलो दिन आइतबार ५१ अंक बढेर २९ सय २२ विन्दुसम्म पुगेको भए पनि नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुगेको अवस्था छ । आज सेन्सेटिभ इण्डेक्स २.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको हो।
यता, गत हप्ता बिहीबार साढे १६ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँबराबरको कारोबार भएको देखिन्छ।
आईतबार कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको बेलामा बाँकी ८ उपसमूहको परिसूचक घटेको छ भने आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३६ प्रतिशत बढेको अवस्था छ।
आज ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको बेलामा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको देखिन्छ।