

बीमा प्राधिकरणमा ओझा कसरी अध्यक्ष भए, किन फालिए ?




काठमाडौं । पछिल्लो समय नेपाली बीमा क्षेत्र र सरकारका केही गतिविधिले आम मानिसमा ठूलो शंका उब्जाएको छ । बीमा आफैमा विश्वास माथि विश्वास कायम गरेर नागरिकको दु:ख, दर्दमा मल्हम पट्टी लगाउने व्यवसाय भएकाले पनि यस्तो भएको हुन सक्छ ।
कुनै पनि बीमा कम्पनीहरुले विश्वमा त्यस्ता व्यक्तीका पैसा आफ्नो पोल्टामा राख्ने हो जुन पैसा कुनै पनि बेलामा बीमितलाई पर्ने भवितव्यको बखतमा उसलाई सक्दो चाडो र उसले तिरेको भन्दा केही रकम थपेरै फिर्ता गर्ने उदेश्यका साथ राखिएको हुन्छ ।
यो हो एउटा विश्वमा बीमा कसरी चल्छ ? भन्ने सामान्य परिदृश्य । तर, यही गाइडलाइनमा रहेर बीमा कम्पनीहरुले अर्बौ रुपैयाँ संकलन गरेका छन् र बीमितहरुले दैनिक विश्वासका साथ आफ्नो खल्तीको पैसा बीमा कम्पनीहरुको खातामा पठाएका छन् ।
ब्रान्च म्यानेजर बन्न बीमा कम्पनीले भेरिफाई गर्नु पर्ने
हालसम्म कुनै पनि व्यक्ती रातारात बीमा कम्पनीको ब्रान्च म्यानेजर बन्ने अवस्था छैन । कारण, उसले आवश्यक सीप, दक्षता, अनुभव हाँसिल गर्नेपर्छ । अब कुनै पनि व्यक्ती बीमा कम्पनीको सीईओ बन्ने कुरा त कसैले गिफ्ट दिएर वा कागताली लागेर हुने भन्दा पनि वर्षौसम्म उसले पुर्याएको मेहनतका कारण नै सम्भव हुन्छ ।
अब हेरौं नेपालमा संचलानमा रहेका १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, ७ लघु बीमा कम्पनी र २ पुनर्बीमा कम्पनी गरी करिब, सर्भेयर, अभिकर्ता, बीमा तालिम केन्द्र गरी करिब ५० औं बीमाका संस्था जोडिएका उद्योगको मुख्य गरीमा बोक्ने पद नेपाल बीमा प्राधिकरण माथिको खेलासी ।
आज हामीले कुनै पनि सरकारले बीमा प्राधिकरणको अध्यक्षमा गलत व्यक्ती पठायो भन्दैनौ । फेरी सीईओलाई नियुक्तीको कागज दिने अभिलाषा पालेका शरद ओझा आफैले किर्ते काम गरे पनि भन्दैनौ । किनभने, बीमा क्षेत्रले जहिले पनि एउटा विधवा र एउटा दीर्घ रोगीलाई दिने पैसामा सरकार वा शरद कसैले पनि बदमासी गर्दैनन् भन्ने हाम्रो बुझाई हो । त्यो कुनै पनि बीमाको अध्यक्ष हुँदा होस्, निलम्बनमा पर्दा होस्, खाला-माला लगायर सरकारी कुर्सीमा बस्दा होस् वा झोला बोकेर लुरुलुरु घर जाँदा होस्, त्यो विषयमा हामी तल्लो स्तरबाट कहिल्यै पनि चियो चर्चौ गर्न आवश्यक छ भन्ने ठान्दैनौ, गर्दैनौ ।
तर, नेपाली बीमा क्षेत्रको गरिमालाई हिजोको दिनमा बीमाको पहुँच न्यून रहेको बेलामा आजसम्म बीमा बजारलाई यहाँ ल्याउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने सबै सक्रिय विश्वासकर्ताहरु माथि पक्कै धोका भएकै छ । त्यो पनि ठूलो धोका ।
ओपन सेक्रेट जसरी खुला र नांगो सत्य एउटा घटनामा अरु भासे भुसे, अपनपढ, जानकार बिहीन वा कोही नभई बीमा क्षेत्रका उच्च अधिकारीहरु मुछिएका छन् ।
बीमामा जालसाजी भए सम्पूर्ण बीमा उद्योग खतरामा पर्ने पक्का
बीमा क्षेत्रमा आफैमा गरिब, विपन्नदेखि बीमालाई बुझ्ने तहसम्म त्यति बेला जोडिरहन्छ जबसम्म बीमाले विश्वास कायम गर्छ । बीमा कम्पनीको मुख्य व्यक्तीले नै कागज किर्ते गरेको घट्ना बजारमा आउनु र त्यस्तो विषयको छानविन हुन लामो समयलाग्नु दुखद हो ।
अहिले विश्व रिलय टाइम डेटाको अवधारणमा अघि बढेको छ । अहिले पाउनु पर्ने सूचना पछि थाहाँ पाउँदा धेरै अबेर हुने स्थिती पनि छन् । यस्तो बेलामा बीमा जस्तो प्राविधिक विषयमा कहि कहीबाट ठूलो प्रहार भएको छ । अझ भन्दा बीमा क्षेत्रको मुख्य व्यक्ती नियुक्तीमा ठूलो हार भएको छ । कारण, आज कि त बीमाको अध्यक्ष हात पार्ने लोभमा अध्यक्ष नामका शरद ओझाले ठूलो बाटो बिराएका छन् या भनौ उनलाई कसैले स्वार्थपूर्ती गर्न बलिको बोको बनाएको अवस्था छ ।
भारतमा बीमाको अध्यक्ष बन्न ३ दशकको अनुभव चाहीने
हामीले नेपाल र भारतको बीमा बजारलाई सिधै तुलना गर्न खोजेका होइनौ । तर, कम्तीमा बीमा क्षेत्रमा रहेका अधिकांश प्राक्टिसहरु छिमेकी मुलुकबाट अपनाउने नेपाली बीमा क्षेत्रले मुख्य व्यक्तीको नियुक्तीमा पनि थोरै अनुभव खोजेको भए केही बेस हुन्थ्यो कि भन्ने मात्र हो ।
बैंकिंग कसुर ऐन जस्तै बीमा कसुर ऐन नहुँदा अराजकता बढ्यो, छाडापन मौलायो
नेपाली बीमा क्षेत्रमा पछिल्लो समय अराजकता मौलाएको छ । बीमा प्राधिकरणका निरीह कार्यकारीहरु अघिल्लो दिन एउटा कान्छा व्यक्तीलाई फुलमाला लगाएर ढोग्न बाध्य छन् भने ५ महिना नबित्दै अर्का व्यक्तीलाई जुम्लाहा हात गरेर निरीह नमस्ते गर्न बाध्य छन् । यतिको दर्दनाक दृश्य एउटा फिलिम जसरी प्रस्तुत गर्ने नेपाली बीमा क्षेत्रले धेरै शिक्षा दिएको छ । नेपाली बीमितहरुको करोडौ, अर्बौ रुपैयाँ पैसा बैंकको फिक्स डीपोजिटमा राखेर मख्य कतिपय कम्पनीहरुका नीति, थिती बदल्न नियामक निकाय नेपाल बीमा प्राधिकरण आफै जागिरे शैलैबाट जनताको सेवक बन्न तयार हुनुपर्छ ।
को गुरु र को चेला ? भन्ने चिन्न नसक्ने नेपालको दयालाग्यो बीमा क्षेत्रको मर्यादाक्रम हेर्दा कतिपय अवस्थामा दक्षिण एशियाकै उत्कृष्ट मर्जर भनेर ताली पिट्ने र छाती पिट्ने उच्च अधिकारीहरु बिस्तार बिस्तारै बीमा उद्योगबाट पलायन भएकै छन् । एकदिन मर्जरको उदेश्य र बीमा क्षेत्रको मर्जरले सेफ ल्याण्ड गर्यो कि गरेन्, वास्तमै मर्जरको उदेश्य के कति थियो त ? भन्नेमा बीमा क्षेत्रका कतिय अधिकारीहरुले जवाफको भागिदार बन्नुको विकल्प छैन ।
सबैभन्दा दुखलाग्दो कुरा बीमा क्षेत्रले मर्जरपछि एउटा पनि कर्मचारीको तलब सुविधा कटौति गर्दैनौ र मर्जरले रोजगारी घटाउन र हटाउन नभई थप्न नै मद्धत गर्ने सार्वजनिक अभिव्यक्ती दिएको यस उद्योगबाट धेरै जनाले यो समाचार समेत विदेशबाटै पढ्नु पर्ने बाध्यता खप्टीएको छ ।
आज धेरै जना बैंकरहरु जेलमा छन् । बैंकमा जालासजी गर्नेहरु नियन्त्रणमा छन् । आज बीमा क्षेत्र भने किन यति निरीह, कमजोर, सरकारबाट हेपिएको अवस्थामा छ ।
नेपाल बीमा प्राधिकरणका एक उच्च कानुन अधिकारी भन्छन्, हात्तीले माला लगाए जसरी सरकारले पनि कान्छो अध्यक्ष पठाएको थियो अब त्यसमा दोष व्यक्ती वा सरकार कसको हो ? त्यसमा छिट्टै छानविला होला ।
अब बीमाका उच्च अधिकारी तथा तीनलाई अवैध नियुक्ती दिने दिलाउनेलाई सिधै कारागार पुर्याउन सके बीमा क्षेत्र सुसस्कार र सुसज्जीत एवम् विश्वास माथि विश्वास आर्जन गर्न थप सफल हुन्थ्यो की ?
(मिरोर अफ इन्स्योरेन्स: बीमा दर्पण डटकम)