

शुक्रबार सुनको मूल्य प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।