

बीमा प्राधिकरणका अध्यक्ष पोखरेलद्वारा सपथ ग्रहण




काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले आज नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको सपथ खाएका छन् । उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सपथ खाएका हुन् ।
त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा पठाएको हो ।
अर्का अध्यक्ष शरद ओझा माथि सरकारबाटै छानबिन हुदैछ ।