

होपफुल हराईजन नेपाल प्रा. लि. र प्रभु बैंकबीच एक छुट सम्झौता




काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल हराईजन नेपाल प्रा. लि मा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको अवस्था छ ।
त्यस्तै एक समारोहका बिच होपफुल हराईजन नेपाल प्रा. लि का तर्पmबाट कन्सल्ट्यान्ट साइकोलोजिष्ट डा. प्रकृति प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमूख, अन्जु बस्नेतको पनि उपस्थिति थियो ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजन नेपाल प्रा. लि मा पेश गर्नुपर्ने छ । होपफुल हराईजन नेपाल प्रा. लि नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलि द्धारा निजी क्षेत्रवाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।