

ट्रेड टावरको आइपीओ नेप्सेमा सूचीकृत




काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावरको आइपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर समेत गरी जम्मा ८१लाख ५६ हजार ९७ कित्ता आइपीओ सूचीकृत भएको हो ।
कम्पनीलाई नेप्सेले ‘टीटीएल’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता न्यूनतम १२३ रुपैयाँ ९ पैसा र अधिकतममा ३६९ रुपैयाँ २७ पैसा ओपनिङ रेन्ज तोकेको छ ।