

घट्यो नेप्से परिसूचक




काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा कायम भएको छ। सोही दिन सेन्सेटिभ इण्डेक्स ६.८३ अंक घटेको छ देखिन्छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अंक घटेको छ।
त्यस्तै, नेप्सेमा सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको बेलामा १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको अवस्था छ । सोही बेलामा बाँकी एक उपसमूहको परिसूचक बढेको देखिन्छ।
बजार घटेकै दिनमा जलविद्युत उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको हो भने बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ। यसको साथै सोमबार विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको नेप्से परिसूचकमा देखिन्छ।