
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालक इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।
उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।
शर्मा पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार पनि हुन् । उनको दाहसंस्कार आज गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।