

जेठसम्ममा ४४.८ प्रतिशतले उचालियो सेयर कर्जा




काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा सेयर बजारमा जाने कर्जा ४२.८ प्रतिशतले उचालिएको छ। त्यस्तो नतिजा नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकमा उल्लेखित छ । सोही तथ्यांकलाई आधार मान्दा पछिल्लो ११ महिनामा सेयर धितो मार्जिन लोन ४२.८ प्रतिशत बढ्न पुगेको हो ।
त्यसरी नै समिक्षा अवधिमा सेयर धितोकर्जामा ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी हुँदा सोही अवधिसम्म सेयर धितोकर्जामा १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको कर्जा लगानी भएको देखिन्छ ।
यता, जेठ मसान्तसम्म सबैभन्दा धेरै सेयर धितो कर्जा १ करोड रुपैयाँभन्दा माथिको भएको बेलामा १ करोड माथिको सेयर धितो कर्जा ५८.१ प्रतिशतले बढ्न पुगेको छ । जेठ महिनासम्ममा ३२ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कर्जा लगानी भएको तथा समग्रमा त्यस्ता कर्जाहरुको लगानी ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ लगानी कायम भएको तथ्यांकमा देखिन्छ।
नेपाल राष्ट्र बैंकका अनुसार ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा २३.१ प्रतिशतले बढ्दा त्यस्तो खालको कर्जा समिक्षा अवधिमा २ अर्ब ८७ करोड २६ लाख रुपैयाँ लगानी हुन पुगेको छ ।
राष्ट्र बैंकका अनुसार त्यस्तो कर्जा सरदरमा भने कर्जा लगानी १५ अर्ब ३० करोड रुपैयाँ बराबर कायम हुन पुगेको अवस्था छ । समिक्षा अवधिमा २५ लाखदेखि ५० लाखसम्मको कर्जा लगानी १७ प्रतिशत बढेको बेलामा सेयर धितोकर्जा लगानी २ अर्ब ४५ करोड २० लाख रुपैयाँ भएको तथा समग्रमा त्यस्तो कर्जा लगानी १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ कायम हुन पुगेको छ।
साथै, समिक्षा अवधिमा २५ लाखभन्दा सानो सेयर धितोकर्जा लगानी १०.४ प्रतिशतले वृद्धि हुँदा यता २५ लाख रुपैयाँभन्दा कमका सेयर धितोकर्जा समिक्षा अवधिमा ७६ करोड २८ लाख रुपैयाँ लगानी भएको अवस्था छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सरदरमा कर्जा लगानी ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ हुन पुगेको अवस्था छ ।