

१ अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना गरिने




बागलुङ । अब जैमिनी नगरपालिकाले १ अर्ब रुपैयाँको कोष बनाउने लक्ष्य प्रस्तुत गरेको बेलामा ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना सुरु गरेको छ । सो कोषमा ५० लाख रुपैयाँ दाखिला भएको हो।
सोही कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिने जनाइएको छ।
‘दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पु¥याउने लक्ष्य छ । कोषमा १ अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पुर्याउन सकिन्छ । कोषमा पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत रकम थप्दै जाने नीति लिएको छ’, नगर प्रमुख नरबहादुर पुनले भने ।
क्यान्सर, मुटु, मृगौलालगायत जटिल रोगको उपचारमा धेरै खर्च लाग्ने भएकाले कोषमा १ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य रहेको उनले सुनाए ।