

९.१४ अंकले नेप्से परिसूचक बढ्दा, ९ अर्ब माथिको कारोबार




नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१४ अकंले बढेर २७०३.९६ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ६ सय ८०.१७ रुपैयाँको कारोबार भएको छ ।
यसदिन फाइनान्स कम्पनीका लगानीकर्र्ता मालामाल भएका छन् । आज फाइनान्स समूहको शेयर मूल्य ४.०९ प्रतिशतले बढेको हो । साथै, निर्जीवन बीमा समूहको २.२४ प्रतिशत, म्युचुअल फण्ड समूहको १.२४ प्रतिशत, जीवन बीमा समूहको २.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।