

सुनको मूल्य निरन्तर बढ्दै




काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोेलामा २५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सुनचाँदी ब्यवसायीहरु सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरिनुपर्छ, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्छ र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति र कार्यविधि तय गरिनु पर्ने भन्दै आन्दोेलनमा रहेका छन् । जसका कारण पछिल्लो समय सुन पसल समेत थप्प छन् ।