

निर्विरोध निर्वाचित भए वेष्ट फाइनान्सका ६ जना सञ्चालक




काठमाण्डौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार १८ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा संस्थापक समूहबाट प्रा.डा. रामजी गौतम, रामचन्द्र देवकोटा र सुशिला खनाल रहेका छन् । यस्तै सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, रामलाला श्रेष्ठ र विष्णु प्रसाद ज्ञली रहेका छन् ।
यस्तै असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालकहरुमध्येबाट प्रा.डा. रामजी गौतमलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ ।