

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष पक्राउ




काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरिएको छ।
उनलाई बैंक घोटला प्रकरणमा मिश्रलाई मध्यान्नमा नेपालगञ्जमा बाटोमा हिँडिरहेको समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।सोही प्रकरणमा पक्राउ पर्ने मिश्र तेस्रो व्यक्ति हुन् भने यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् ।
साथै, पक्राउ परेका तीन जनालाई नै नेपालगञ्जमा नै सीआईबीका डीएसपी दान थापाको नेतृत्वमा अनुन्सन्धान भइरहेको छ । उक्त बैंक घोटाला प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्ने सम्भावना रहेको जनाइएको छ।